Loading...
 

विषयगत बैठकहरू

 

लक्ष्य उन्मुख बैठकहरू विशेष बैठकहरू हुन् जसमा क्लबले भाषणको विशेष पक्षको मूल्यांकन र सुधार गर्ने कुरामा केन्द्रित हुन्छ। केही उदाहरणहरू निम्नानुसार हुनसक्छन् :

  • शारिरिक चाल - ढाल
  • पेसिंग
  • भोकल विविधता
  • भाषण संरचना
  • सहाराहरूको प्रयोग
  • तथ्यांकको प्रयोग
  • रूपकहरूको प्रयोग
  • भाषणकाे सुरूवात
  • भाषणकाे निष्कर्ष

 

अन्य धेरै विकल्पहरू पनि सम्भव छन्; तर के वास्तवमै महत्त्वपूर्ण छ भने एक पटकमा एकल लक्ष्यमा केन्द्रित गर्नु पर्छ। सबैकुरा एउटै बैठकमा समाधान गर्ने प्रयास नगर्नुहोस्, किनकि तीनीहरूका प्रभावहरू कम हुन्छन्।

लक्ष्य उन्मुख बैठकहरू क्लबको शिक्षा सम्बन्धी उपाध्यक्षको जिम्मेवारी हो।

प्रक्रिया

१. बैठकको विषयवस्तु वा लक्ष्य अग्रिम रूपमा घोषित गरिन्छ र बैठकको लागि विशेष मूल्यांकनकर्ताहरू नियुक्त गरिन्छ।

२. बैठकले सामान्य एजेन्डा प्रयोग गर्दछ, र सबै सदस्यहरू नियमित रूपमा आफ्नो नियमित कार्य र भाषण गर्दछन्। लक्ष्य-उन्मुख बैठकको मतलब यो होइन कि अन्य लक्ष्यहरू (विशेष गरी शैक्षिक कार्यक्रममा भएका) परित्याग गर्दछन् वा बदल्छन्। उदाहरणको लागी, यदि सदस्यले भाषण दिनु पर्ने छ जसकाे मुख्य लक्ष्य भोकल विविधता हो, र बैठकको लक्ष्यमा शारिरिक चालढाल सुधार गर्नु हाे भने, उक्त सदस्यले दुबै चीजहरूमा ध्यान केन्द्रित गर्नु पर्छ।

३. बैठकको अन्त्यमा, विशेष मूल्यांकनकर्ताले आफ्नो प्रतिवेदन प्रस्तुत गर्दछन्। प्रतिवेदनले भूमिका लिएका सबैलाई छुनै पर्छ । यसले बैठक नेता, स्पिकरहरू, जल्दाेबल्दाे प्रश्न "स्वयंसेवक", आदि समावेश गर्दछ। सबैकोलागि विस्तृत रिपोर्ट प्रदान गर्न जटिल छ, तर मूल्यांकनकर्ताले प्रत्येक भूमिकाको लागि सुधार गर्नका लागि कम्तिमा एक वा दुई बुदाँ दिने प्रयास गर्नुपर्दछ। यदि कुनै सदस्यले विशेष गरी राम्रो काम गरेको छ जुन मूल्यांकन भइरहेको छ भने, त्यो कुरालाइ औंल्याउनु पर्छ र अरुको लागि उदाहरणको रूपमा प्रस्तुत गर्नु पर्दछ। यस खण्डको लागि विनियोजित समयको मात्रा बैठकमा सहभागीको संख्यामा निर्भर गर्दछ। सामान्यतया, ५ र १० मिनेट बीचकाे समय पर्याप्त हुनुपर्दछ।

 


Contributors to this page: puspa.khanal and agora .
Page last modified on Wednesday June 16, 2021 04:42:10 CEST by puspa.khanal.